राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्नको लागी स्पष्ट मार्ग चित्रका साथ आबश्यक प्रविधि तथा उत्पादन सामाग्रीको ब्यवस्था, बाली/बस्तु उत्पादनमा यान्त्रिकरण, प्रशोधन तथा बजारीकरणको लागि आबश्यक पूर्वाधारको ब्यवस्था जस्ता कृषि कृयाकलाप मार्फत कृषि क्षेत्रको आधुनिकिकरणको परिकल्पना गरिएको छ । कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित गर्ने सोचका साथ नेपालको कृषि क्षेत्रलाइ आगामी २० वर्षसम्म मार्ग निर्देश गर्ने कृषि विकास रणनीति कार्यान्वयनको सहयोगी परियोजनाको रुपमा यस परियोजनालाई लिईएको छ । आ.व. २०७३/७४ देखि लागू हुने गरी १० वर्ष अवधिको लागि सञ्चालनमा ल्याइएको छ। यस परियोजना अन्तर्गत साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम, व्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रम, व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम र बृहत्त व्यवसायिक कृषि उत्पादन तथा औद्योगिक केन्द्र (सुपरजोन) विकास कार्यक्रम गरी जम्मा चार वटा सम्भागहरु छन् । जसअनुरुप आ.व. २०७३।०७४ देखि दाङ जिल्लामा मकै बालीको बृहत्त व्यवसायिक कृषि उत्पादन तथा औद्योगिक केन्द्र (सुपरजोन) विकास कार्यक्रम, आ.व. २०७५।०७६ देखि तोरी बालीको व्यावसायिक उत्पादन तथा प्रशोधन केन्द्र जोन विकास कार्यक्रम र आ.व. २०७६/७७ देखि मौरीको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र जोन विकास कार्यक्रमहरु संचालनमा आईरहेका छन ।
हाम्रो दायित्व
- कृषकमा उन्नत तथा सफल प्रबिधि हस्तान्तरण गर्ने ।
- मकै र तोरी बाली उत्पादनमा पुर्ण यान्त्रिकिकरण गर्ने ।
- तोरी तथा मकै बाली जन्य उद्योग स्थापना गरेर बजार सुनिश्चितता गर्ने
- मौरीपालनका क्षेत्रमा बेमौसमी चरन क्षेत्र बिकासमा जोड दिने ।
- उन्नत तथा गुणस्तारिय रानी मौरी उत्पादन गरी मह उत्पादन बृद्धी गर्ने ।
- उन्नत तथा गुणस्तरिय बिउ बोका उत्पादन गरी बीउ बोकाको उत्पादन बृद्धि गर्ने ।

